७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृत्‍यु

काठमाडौँ :

७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृत्‍यु भएको छ । ललितपुरको महालक्ष्मी स्थित घरमा ग्यास सिलिण्डर प’ड’केर भएको आगलागी दुर्घटनाबाट अपरिचित ७० बर्षिय वृद्ध र उनकी श्रीमतिलाई जोगाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको दु:खद निधन भएको हो ।

वृद्ध दम्पत्ति आगलागीको चपेटामा परेपछि आफूलाई बचाउँन भन्दै चि’च्या’उदै क’रा’इ’र’हेका थिए सो समयमा विप्लबले देखेर उनीहरुको सहयोगका लागि आगाडी बढे बिडम्बन उनीहरुलाई बचाउन त सफल भए तर आफुलाई बचाउन सकेनन्। वृद्ध दम्पत्तिको सहयोगको लागि आँट गरेका साहसिक १९ बर्षिय बिप्लब अधिकारीका कारण वृद्ध दम्पत्ति सकुशल छन ।

उनीहरुलाई बचाउन सफल बिप्लब गम्भीर रुपमा घाइते भए र अस्पातलमा एक हप्ता उपचारका क्रममा उनको मृत्‍यु भएको छ । वृद्ध दम्पत्तिको ज्यान जोगाउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन साहसिक काम गरेर मृत्‍यु वरण गरे । वास्तबिक हिरो यी १९ बर्षिय युवा बिप्लब प्रसंशाका पात्र हुन ।
हार्दिक श्रद्धान्जली बिप्लब!!!

प्रतिक्रिया दिनुहोस