अमेरिकाले एमसीसीमार्फत् नेपाललाई धम्की दिएमा चीन सहदैन : चीन

कामाठडाैं। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालसँग ‘धम्की कुटनीति’ काे सुरुवात गरेको चीनले आरोप लगाएकाे छ ।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलनमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाएका हुन् ।

अमेरिकाले एमसीसीमार्फत त्यसरी धम्की दिएमा चीन चुप नलाग्ने र त्यसको कडा प्रतिरोध गर्ने पनि उनले बताएका छन् । ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ,’ उनले भने ।

एकजना पत्रकारले सम्मेलनमा अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न दबाब दिइरहको र यस विषयले अमेरिका-नेपालको सम्बन्धमा उतारचढाव हुन सक्ने कुरालाई मध्यनजर गर्दे प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा प्रवक्ताले पिनले अमेरिकाले जबर्जस्ती गर्न खोजे चीन चुप लागेर नबस्ने बताए ।

चीनले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र मन लागेकोसँग साझा रुपमा अघि बढ्न सक्ने पनि सुझाव दिएको छ । यस सवालमा चीनले सदैव समर्थन गर्ने पनि भनेको छ ।

नेपालले एमसीसी पारित नगरे चिनियाँ हस्तक्षेपका उक्त सम्झौता रद्ध भएको भनेर बुझ्ने अमेरिकाको उक्त जबर्जस्तीलाई चीनले ‘धम्की कूटनीति’ भनेर भनेको छ ।

प्रतिक्रिया दिनुहोस