यी सरकारी अधिकृत छोरीले आफ्नै बुबालाई कन्यादान गर्न दिएनन् … कारण थाहा पाउँदा तपाइका आँखा रसाउने छन्!

AS तपस्या परिहार, मध्य प्रदेशको पचमढीको नरसिंहपुर निवासी, IFS गरवित गंगवारसँग विवाह भएको थियो। यही विवाह समारोहमा तपस्याले यस्तो कदम चालिन्, जसले सबैलाई चकित पारिन् ।

जब उनका बुबा छोरीको कन्यादान गर्न आउनुभयो, उनले बुबालाई रोके। उनले भनिन् म दानको वस्तु होइन, म तिम्रो छोरी हुँ, बुबा । उनको यो निर्णयको अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।आईएएस तपस्याको यो विचारले केही समयका लागि विवाहमा आएका सबैलाई चकित बनाएको थियो। तर जब सबैले यसको अर्थ बुझे, त्यहाँ उपस्थित सबैका आँखा रसाए।

यो घटना यसरी घटेको छ कि जब बिवाहको अन्तिम चरणमा बुवा विश्वास परिहारले कन्यादान गर्ने अनुष्ठान गर्न थाले, तब छोरी तपस्याले उनलाई ‘पापा म तपाईको छोरी हुँ र सधै रहिरहनेछु’ भन्दै रोकिन् ।

म कुनै दान गर्ने वस्तु होइन ।’ यससँगै उनले भनिन्, दुई परिवार मिलेर बस्दा दानको कुरा गर्न नहुने बताए । छोरीको यो कुरा सुनेर बाबु पनि भावुक भए । उसले छोरीलाई अँगालो हाले।यो दृश्य यति भावुक थियो कि त्यहाँ उपस्थित सबैका आँखा रसाए । यस्तो अवस्थामा दुलहा बनेका गर्व गंगवारले पनि आफ्नी भावी श्रीमतीको भावनाको कदर गरे ।

कन्यादान भनेको छोरीहरूलाई अधिकारबाट वञ्चित गर्ने संस्कार हो।
आइएएस तपस्याका बुवा विश्वास परिहारले छोरीको यो कदम बुझ्दै कन्यादानजस्ता संस्कारले समाजमा पुरुष प्रभुत्व कायम गर्न लागेको बताए । यस्ता संस्कारले प्रायः छोरीहरूको घरबाट अधिकार खोस्छ ।

यससँगै तपस्या भन्छिन्, विवाहपछि श्रीमानको उमेर बढाउन महिलाले मङ्गलसूत्र, बिछिया लगाउनुपर्छ, सिन्दुर लगाउनुपर्छ । सोही आईएएस तपस्याले भनिन्, ‘विवाहपछि हाम्रो थर पनि (केटीहरूको) परिवर्तन हुन्छ ।यी सबै कुरा आफूलाई सुरुदेखि नै मन नपरेको उनले बताए । यही कारणले उनले आफ्नो कन्यादान हुन दिएनन् ।

प्रतिक्रिया दिनुहोस