पार्कमा अचानक ‘प्रकट’ भयो रहस्य`मय सुनको डल्लो, करिब १ अर्ब ३८ करोड रुपैयाँ पर्ने…

काठमाडौं, अमेरि`काको न्यूयोर्क`स्थित सेन्ट्रल पार्कमा रहेका मानिस`हरु त्यतिबेला चकित परे जब उनीहरुले त्यहाँ रहस्य`मय तरिकाले प्रकट भएको सुनको चारपाटे डल्लो देखे ।

यो सुनको डल्लोको अनु`मानित मूल्य ११.७ मिलियन डलर अर्थात करिब १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्ने बता`इएको छ । यति बहुमूल्य चीज अचानक पार्कमा कसरी आयो भनेर त्यहाँ भएका सबै मानिस`हरु अ`लमलमा परे ।

द सनको एक रिपोर्टका अनुसार यो सुनको क्युब ४३ वर्षका जर्मन कला`कार निकलास कास्टेलोले बनाएका हुन् । उनले यसको नाम कास्टेलो क्युब राखेका छन् । निक`लासले यो क्युब बेच्नको लागि नभइ क्रिप्टोकरेन्सी क्यास्टेलो क्वा`इनको लञ्च र प्रचार`प्रसारको लागि सार्व`जनिक रुपमा पार्कमा राखेका थिए ।

अहिले सुनको मूल्य १ हजार ७८८ डलर प्रतिऔंस छ । यस हिसा`बले यदि यो सुनको डल्लो`लाई बिक्रीमा राखियो भने यसको मूल्य ११.७ मिलि`यन डलर पर्छ ।२४ क्यारेट सुनबाट बनेको यो क्युबको मूल्य १८६ किलो भएको बता`इएको छ । यस`लाई कथित रुपमा एक विशेष हस्त`निर्मित भट्टीको उपयोग गरेर बनाइ`एको हो ।

प्रतिक्रिया दिनुहोस