मोटरसाइकलको ठ-क्करबाट झापामा १९ वर्षीय श्यामको नि धन

काठमाडौं , मोटरसाइकलको ठक्करबाट झापामा एकजनाको ज्या न गएको छ। मंगलबार बेलुकी झापाको मेचीनगर नगरपालिका–७ मा पैदल यात्रा गर्दै गरेका एक व्यक्तिलाई मोटरसाइकल ठक्कर दिदा यात्रीको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा मेचीनगर–८ का १९ वर्षीय श्याम मगर रहेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलको ठ-क्करबाट गम्भीर घा इते भएका मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्रोतका अनुसार मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका मगरलाई मंगलबार बेलुकी पौने ८ बजे ठ-क्कर दिएको थियो। मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस