कलाकार लामाको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै उनले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छन्।

आधारिक ट्वीटर ह्याडलमार्फत कलाकार लामाको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए । लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले बताए । बिहानैदेखि उनको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।

बिहान करिब २ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भि’त्तामा ठो’क्कि’एपछि र’ग’त अ’त्य’धि’क ब’गे’को पाइएको घटनास्थलमा पुग्नुभएका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँ’केर घर नजिकै पार्किङ गरेको पाइएको छ । श’री’र घो’प्टो प’रे’को अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उहाँको परिवारलाई जानकारी गराएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस