यस्ता छन् एमसीसीमा बाबुराम भट्टराईका दुई विकल्प

काठमाडौ,नेपाली कांग्रेस जस्तै जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पनि अमेरिकी अनुदान सहयोग एमसीसीको पक्षमा छन् । उनी एमसीसी संसदवाट अनुमोदन गर्नुपर्छ भन्ने ठान्छन् । तर उनकै पार्टी भित्र भने मतभेद छ । एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने डा भट्टराईले एमसीसी एमसीसी टेबल भइसकेको अवस्थामा अनुमोदनका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन ।

पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन ।

भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्– नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् ।

भट्टराई लेख्छन्, ‘एमसिसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री÷बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो ! अर्को बाटो छैन ’

प्रतिक्रिया दिनुहोस