६ वर्षको बालिकाको पेट भित्र साढे एक किलो कपाल, चकित् परेका चिकित्सकले यसरी निकाले

एजेन्सी । कहिले काँही हामीलाई अचम्म बनाउने घ टना सार्वजनिक हुन्छन् । भारतको हरियाणा शहरवाट एउटा त्यस्तै घ टना सार्वजनिक भएको छ । त्यहाँ एक बालिकाको पेटवाट चिकित्सकले साढे एक किलो कपाल निकालेका छन् । हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र पंचकुला सेक्टर ६ को एक अस्पतालमा उनलाई भर्ना गरियो ।

सुरुमा चिकित्सकले ति बालिकाको पेट जाँच गरे । त्यहाँ डाक्टरले बालिकाको पेटमा देखेको बस्तुले उनीहरु अचम्म परे । उनीहरुले केहि परिक्षण पछि पेटमा कपालको गु जुल्टा रहेको पत्ता लगाएका थिए । बालिकाको तत्काल शल्यकृया गरियो । डाक्टरले बालिकाको अ प्रेसन पश्चात उनको पेटबाट १।५ किलो कपाल निकालेको बताइएको छ ।

डा। विवेक भादू र उनको टिमले बालिकाको सफलता पुर्वक शल्यक्रिया (अप्रेशन) गरेका हुन् । शल्यकृया पछि ति बालिका अहिले पी डावाट मुक्त भएकी छन् । बालिकाको अहिले स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । डा। भादू भन्छन्, ‘बालिकाको पेटमा जम्मा भएको कपाललाई सफलतापुर्वक शल्यक्रिया गर्दा आफूलाई गर्व महसुस भएको छ ।’ बालिकाको परिवारले डाक्टरलाई खुसी हुँदै आभार व्यक्त गरेका छन् । तर समाचारमा बालिकाको पेटमा त्यती धेरै कपाल कसरी गयो भन्ने कुरा भने खुलाईएको छैन ।

यो पनि, ओमिक्रोन सं क्रमण बढेसँगै नेपालमा ग म्भीर प्रकृतिका सं क्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश १ मा ३४ जना आइसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्। मधेश प्रदेशमा १७ जना आइसीयू र १ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा १ सय ९८ जना आइसीयू, ३७ जना भेन्टिलेटर, गण्डकीमा ९ जना आइसीयू, २ जना भेन्टिलेटरमा उपचाररत छन्। लुम्बिनीमा १८ जना आइसीयू, २ जना भेन्टिलेटर, कर्णालीमा ५ जना आइसीयू, सुदूरपश्चिममा ५ जना आइसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न अस्पतालका आइसीयू तथा भेन्टिलेटरमा उपचाररत रहेका छन्।

यस्तै हाल देशभर ८७ हजार ३ सय ४१ जना सक्रिय सं क्रमित रहेका छन्। ती मध्ये ८५ हजार ६ सय ३६ होम आइसोलेसनमा, १ हजार ६ सय ९३ जना संस्थागत आइसोलेसनमा, २ सय ८६ जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस