‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पललाई समिझएर धरधरी रोइन् पुजा, सँगै गएका कलाकार पनि बने भाबुक

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । उनी र्रापछि त्यहाको माहोल भाबुक बनेको थियो । चलचित्रका नायक पल शाहविरुद्ध जाहेरी परेर उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि पुजा भावुक बन्दै रौकी थिइन् ।

प्रिमियर कार्यक्रममा थुप्रै कलाकारहरुको भिडभाड रहेको थियो । सञ्चारकर्मीसँगको कुराकानीमा पुजाले पल शाहको नाम नलिइकन आफ्नो फिल्मको टिमलाई बज्रपात परेपनि दर्शले साथ दिने पुजाले बताइन् । राम्रो फिल्म बनाएका छौं, तपाईंहरुको साथ भयो भने बाँच्छौं । तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ जस्तो लागेको उनले बताइन् । जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौं, तर रिल जोडी हौं ।

हाम्रो लागि यो भनाइ सत्य उनले भनिन् । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।कार्यक्रममा बोल्ने अरु कलाकारहरुले पनि पललाई सम्झिएका थिए । फिल्मको प्रिमियरका क्रममा एक जोडी प्रहरी पल शाह खोज्दै हलभित्रै छिर्दा कार्यक्रममा स्तब्धता छाएको थियो ।

प्रतिक्रिया दिनुहोस