प्रेमीसँग मिलेर श्रीमानकाे हत्या गर्ने कान्छि श्रीमती पक्राउ, हत्या यसरी गरेकाे रहेछ (भिडियाे)

फागुन १०, २०७८ – प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गर्ने कान्छि श्रीमती र उनकाे प्रेमी पक्राउ परेका छन ।हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने मृतकका कान्छि श्रीमती र उनका प्रेमीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानले आज मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ब्यक्तिलाई सार्वजानिक गरेकाे हाे ।हत्या गरिएका दिनेश सिग्देलकी कान्छी श्रीमति ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारीलाई पक्राउ गरि प्रहरिले सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापा आफै आएका थिए । उनका अनुसार योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेका हुन् । भिडियो तल राखिएको छ

यो पनि:-पेट फुल्ने समस्या महिलामा क्यान्सरको सङ्केत हुनसक्ने
पेट फुल्ने समस्या (ब्लटिङ) ओभ्यारीयन क्यान्सरको सबैभन्दा सामान्य लक्षण हो जुन धेरै महिलाहरूलाई थाहा छैन ।अनुसन्धानले पाँचमध्ये चार (७९ प्रतिशत) महिलाहरूलाई ब्लटिङ ट्युमरको सम्भावित लक्षण भएको थाहा नभएको देखाएको छ । पेट फुल्ने समस्याका दर्जनौँ कारणहरू हुन्छन् र प्रायः क्यान्सरको लक्षण हुँदैन । धेरै प्रशोधित खाना, जङ्क फुडको सेवन, गुलियो, दुग्ध पदार्थ, तनाव, रक्सीको सेवन वा पाचन प्रणालीसँग सम्बन्धित समस्या वा मेनोपजका कारण पेट फुल्न सक्छ ।

एक महिनामा १२ पटक पेट फुल्ने लक्षण देखा परेमा यो क्यान्सर हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । त्यस्तै, दुई तिहाइ (६८ प्रतिशत) लाई पेट दुख्ने लक्षण पनि क्यान्सरको सङ्केत भएको थाहा थिएन । अन्य ९७ प्रतिशतलाई सधैँ पेट भरिएको महसुस हुनु क्यान्सरको मुख्य लक्षण भएको थाहा थिएन ।

९९ प्रतिशतले पटक-पटक पिसाब लाग्ने समस्या क्यान्सरको लक्षण हुनसक्छ भनेर सोच्नु आवश्यक ठान्दैनन् । कहिलेकाहीँ झाडापखाला हुने, कब्जियत, अत्यधिक थकान र बिनाकारण तौल घट्ने जस्ता अन्य लक्षणहरू पनि हुन सक्छन् ।सामान्यतया नयाँ, निरन्तर र प्रति महिना १२ पटकभन्दा बढी लक्षण देखिएमा सतर्क हुन जरुरी रहेको द सनमा उल्लेख छ । महिलाहरूले क्यान्सरका लक्षण थाहा पाए प्रारम्भिक चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।
हेर्नुहाेस भिडियाे :

प्रतिक्रिया दिनुहोस