दुर्गेशलाई लाग्यो पल शाह प्रकरणमा ठूलो धक्का, कार्यक्रममा सहभागी हुने कलाकारको लिस्टबाट ह’टाइयो नाम!

अभिनेता पल शाहलाई ष’डयन्त्र गरी फसाउन खोजेको आरोप लगाउँदै कलाकार दुर्गेश थापा र गायीका समिक्षा अधिकारीलाई कार्यक्रममा सहभागी हुने कलाकारको लिस्टबाट ह’टाइएको छ। सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट उनीहरुको नाम हटाइएको हो।

अभिनेता पल शाह दाङ घोराही निबासी हुन् ।चर्चित नायक पल शाह लाई ष’ड्यन्त्र मुलक तरिकाले फ’साउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने त्यहाँका स्थानियले बताएका छन् । भने सामाजिक संजालमा पनि चर्चा गरेका छन् । कैलालीको अत्तरियामा भोलीबाट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइएको हो।महोत्सवमा फाल्गुन २१ गते कलाकार थापाको प्रश्तुती रहने तय भएको थियो ।

यो पनि:-पेट फुल्ने समस्या महिलामा क्यान्सरको सङ्केत हुनसक्ने
पेट फुल्ने समस्या (ब्लटिङ) ओभ्यारीयन क्यान्सरको सबैभन्दा सामान्य लक्षण हो जुन धेरै महिलाहरूलाई थाहा छैन ।अनुसन्धानले पाँचमध्ये चार (७९ प्रतिशत) महिलाहरूलाई ब्लटिङ ट्युमरको सम्भावित लक्षण भएको थाहा नभएको देखाएको छ । पेट फुल्ने समस्याका दर्जनौँ कारणहरू हुन्छन् र प्रायः क्यान्सरको लक्षण हुँदैन । धेरै प्रशोधित खाना, जङ्क फुडको सेवन, गुलियो, दुग्ध पदार्थ, तनाव, रक्सीको सेवन वा पाचन प्रणालीसँग सम्बन्धित समस्या वा मेनोपजका कारण पेट फुल्न सक्छ ।

एक महिनामा १२ पटक पेट फुल्ने लक्षण देखा परेमा यो क्यान्सर हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । त्यस्तै, दुई तिहाइ (६८ प्रतिशत) लाई पेट दुख्ने लक्षण पनि क्यान्सरको सङ्केत भएको थाहा थिएन । अन्य ९७ प्रतिशतलाई सधैँ पेट भरिएको महसुस हुनु क्यान्सरको मुख्य लक्षण भएको थाहा थिएन ।

९९ प्रतिशतले पटक-पटक पिसाब लाग्ने समस्या क्यान्सरको लक्षण हुनसक्छ भनेर सोच्नु आवश्यक ठान्दैनन् । कहिलेकाहीँ झाडापखाला हुने, कब्जियत, अत्यधिक थकान र बिनाकारण तौल घट्ने जस्ता अन्य लक्षणहरू पनि हुन सक्छन् ।सामान्यतया नयाँ, निरन्तर र प्रति महिना १२ पटकभन्दा बढी लक्षण देखिएमा सतर्क हुन जरुरी रहेको द सनमा उल्लेख छ । महिलाहरूले क्यान्सरका लक्षण थाहा पाए प्रारम्भिक चरणमा क्यान्सर पहिचान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस