मोरङमा विद्यालयवाट फर्किदा हराएकी १२ वर्षीया किशोरीको शव जंगलमा गा डेको अवस्थामा भेटियो

काठमाडौ । मोरङमा पछिल्लो समय त्रा स बढाउने घटना भइरहेका छन् । केही समय अघि दुई पुरुषको शव गा डेको अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धान पुरा हुन नपाउँदै फेरी एक किशोरीको शव एक सामुदायिक वनमा फेला परेको छ ।

सो शव पनि गा डेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुधबार विद्यालयबाट घर फर्किने क्रममा हराएकी लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राई त्यस्तो अवस्थामा फेला परेकी हुन् । शव खा ल्डोभित्र व स्त्र विहीन अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोस्टमार्टम गर्नका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले दो षी लाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

यो पनि, अनुहारको चाउरीपन हटाउन चाहानुहुन्छ ? दिनहुँ प्रयोगमा ल्याउनुहोस् यी चिज !
काठमाडौँ । अनुहार र घाँटीमा चाउरी पर्दै जान aथालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः

मेवा : पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।काँक्रो : काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।भुइँकटहर : पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।

दूध पाउडर र मह : एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।कागती र मह : कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ ।

जैतुनको तेल : जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ ।नरिवल तेल : दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ ।केरा : पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने ।गोलभेँडा : पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस