चर्चित अभिनेता पल शाह प्रहरी नियन्त्रणमा, अभिनेता शाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँकाे पुष्टि !

काठमाडौं ।
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आ’त्म’स’म’र्प’ण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

यसअघि शाहले सामाजिक सञ्जालमार्फत आजै प्रहरीमा आ’त्म’स’म’र्प’ण गर्ने बताएका थिए । पलमाथि एक नाबालिग गायिकाले कर’ ‘णीको आ’रोपसहित उजुरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बि’ग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस