अनुहार भन्दा हात कालो भएर चिन्तित हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ, अनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातखुट्टाको सुन्दरतामा खासै चासो राख्दैनन्।एकातिर अनुहारको केयर नगर्नु तथा अर्कोतिर घाम र धुलोले डढ्नु र फुट्नु हातको सुन्दरता बिग्रिने कारण बन्छ।तपाइँको पनि अनुहारको तुलनामा हात नराम्रो भएको छ अर्थात हात कालो छ भने, घरमै यसरी हातलाई चम्किलो बनाउन सकिन्छ।

काँचो दूध:-हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ। काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ।

कागती:-कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ।

गोलभेँडाको रस:-गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ।

बेसन:-चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने। १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ।

आलुको रस:-काँचो आलुको रस निकालेर हातमा लगाउने। लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ।

प्रतिक्रिया दिनुहोस