प्रचण्डलाई झट्का, एमसीसी पारित भएपछि माओवादी नेता महराले गरे पार्टी परित्याग

काठमाडौं, विवादित एमसीसी पारित भएपछि एक जनाले पार्टी परित्याग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा–८ का अध्यक्ष बहादुरसिंह महराले पद र पार्टी छोडेका हुन।

उनले अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि वडा अध्यक्ष पद र पार्टी त्याग्ने घोषणा गरेका छन् ।नेकपा माओवादी केन्द्रका युवा नेता महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी त्याग्ने छाड्ने घोषणा गरेका हुन् ।

आइतबार एमसीसी अनुमोदन भएपछि उनले भने, ‘प्रेस नोटः आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाति एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरि राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमुल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु ।

साथै देश बेच्ने हरुको वडा अध्यक्ष पदबाट भोलि (आज) १० बजे जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस