‘म एमसीसीविरुद्ध छु, कसैले पैसा दियो भने हामी आमालाई बेच्न सक्छौं र ?’भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टी एमसीसीका पक्षमा उभियो भने सांसदहरुलाई विद्रोहका निम्ति आह्वान गर्ने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने, “देशभन्दा ठूलो एमसीसी हुन सक्दैन ।

सलाम छ देशभक्त नेता ज्युनेकपा एमाले एमसीसीको पक्षमा उभिएला भन्ने लाग्दैन । तर उभिएको स्थितिमा म त्यसविरुद्ध हुन्छु । सांसद साथीहरुलाई पनि एमसीसी विरुद्धमा उत्रिन म आह्वान गर्छु ।”

पार्टीभित्रैबाट उभिनुहुन्छ कि बाहिर जानुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “यो पार्टी छाड्ने र रहने विषय नै होइन । यो कुरा नेकपा एमालेको नीति, कार्यक्रम र बहुदलीय जनवादसम्मत छ ।एमसीसी कुनै पनि देशभक्त नेपालीले स्वीकार्न सक्दैन ।

नेकपा एमाले विगतमा असमान सन्धि, समझौताविरुद्ध झन्डा उठाएको पार्टी हो ।”नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवा विदेशीको भक्ति गरेर आफ्नो कुर्सी जोगाउन खोजिरहेको आरोप लगाए । उनले थपे, “हामीले एमसीसीको बारेमा दफादफामा अब्जेक्सन गरेका छौं।

सलाम छ देशभक्त नेता ज्युतर प्रधानमन्त्रीले एउटा दफाको पनि खण्डन गर्नुभएको छैन ।राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर ५० करोड डलरका निम्ति स्वाधीनता बेच्ने ? के विदेशी सहायता नलिएको बेला नेपाल भन्ने देश थिएन ? कसैले पैसा दियो भने हामी आमालाई बेच्न सक्छौं र ?

प्रतिक्रिया दिनुहोस