केपी ओलीको दिमागी असन्तुलन छ , उनैले एमसीसीलाई आईपिएसमा जोड्ने भूमिका खेले : माधव नेपाल ( विज्ञप्ति सहित

फागुण १७ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अमेरीकाको ईन्डोप्यासेफिक रणनीतिसँग जोड्न एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य भूमिका रहेको दाबी गरेका छन् ।

उनले आज पत्रकार सम्मेलन गर्दै ओली प्रधानमन्त्री रहेका बेला उनकै अनुमतिमा अमेरीका गएका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भ्रमण पछि अमेरीकाले एमसीसीलाई ईन्डोप्यासेफिकसँग जोडेर प्रचार गरेको बताए ।

यसै गरी ओलीकै अर्थमन्त्री युवराज खतिवडाले विकास परियोजनालाई संसदबाट अनुमोदन गर्ने भनेर निर्णय गराएको भन्दै ओली सरकारकै पालामा यी गलत काम भएको माधव नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले दोहोरो अर्थ लाग्ने खालका वा विवादीत विषयहरु संसोधन गरेर मात्र अनुमोदन गर्नु पर्छ भनेर निरन्तर पहल लिएका कारण नै ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन भएको नेपालको जिकिर छ ।

यसै सन्दर्भमा उनले केपी ओलीमाथि दिमागी समस्या रहेको आरोप लगाएका छन् । ओलीको दिमाग असन्तुलन रहेकै कारण पार्टी र गठबन्धनमाथि अनेक लाञ्छाना लगाईरहेको नेपालको तर्क छ ।
विज्ञप्ति हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस