रुससँगको युद्धबीच युक्रेनी राष्ट्रपति जेलेन्स्की नाँचेको भिडियो भाइरल [भिडियोसहित]

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अहिले विश्वभर चर्चित छन् ।एक टेलिभिजन व्यक्तित्व भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशको राष्ट्रपति बन्ने अनुमान कसैले गरेका थिएनन् ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्की आफ्नो बहादुरीका कारण चर्चामा छन् ।

यसैबीच जेलेन्स्कीका पुराना भिडियोहरू पनि भाइरल हुँदैछन् । यस्तै एउटा भिडियो भाइरल भइरहेको छ जसमा जेलेन्स्की नाचिरहेको देखिन्छ ।वास्तवमा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की राष्ट्रपति हुनु अघि एक हास्य कलाकार थिए । रिपोर्टका अनुसार यो भिडियो सन् २००६ को हो, जब उनी एक डान्स रियालिटी शोमा सहभागी भएका थिए ।

जेलेन्स्कीले डान्सिङ विथ द स्टार्स नामक यस शोमा मात्रै भाग लिएका छैनन्, उनी यस शोको विजेता पनि बनेका छन् ।भाइरल भिडियोमा उनी आफ्नो कोस्टारसँग डान्स गरिरहेको देखिन्छ। भोलोडिमिर जेलेन्स्कीले २००६ मा डान्सिङ विथ द स्टार्सको युक्रेनी संस्करण जितेका थिए ।

यो भिडियो भाइरल हुने बित्तिकै मानिसहरूले जेलेन्स्कीको तारिफ गर्न थाले, मानिसहरूले जेलेन्स्कीको नृत्य कौशलको तारिफ गरिरहेका छन् ।रिपोर्टका अनुसार, जेलेन्स्कीले सानै उमेरदेखि अभिनय गर्न थालेका थिए र पछि युक्रेनमा सबैभन्दा चर्चित अभिनेताहरूमध्ये एक भएका हुन् ।

जब युक्रेनी सरकारले २०१४ मा रूसी कलाकारहरूलाई देशमा काम गर्न प्रतिबन्ध लगाएको थियो, जेलेन्स्की यसको विरुद्ध आवाज उठाउनेहरूमा थिए ।राजनीतिमा प्रवेश गर्नु अघि, जेलेन्स्कीले आफ्नो देशका लागि इमान्दार राजनीति गर्ने वाचा गरेका थिए । अहिले युक्रेनमा रुसको आक्रमणले विश्वभर उनको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस