कर्फ्यु सकिएपछि बाहिर निस्केका नवीन कहिले नफर्किने गरि अस्ताए

भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृ’त्यु भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन्। बीबीसी हिन्दीले मृ’त्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ।

नवीनले आफ्ना नजिकका साथी श्रीकान्तलाई खाना किन्नका लागि पैसा ट्रान्सफर गर्न अनुरोध गरेका थिए। खार्किभबाट बीबीसी हिन्दीसँग कुरा गर्दै मेडिकल विद्यार्थी श्रीकान्तले भने, उनले मलाई बिहान ८ बजे फोन गरे र खानाको पैसा सकिएकोले पैसा ट्रान्सफर गर्न भने। उनी हामी सबैका लागि खाना किन्न गएका थिए।’

कर्नाटकको हावेरी जिल्लाको रानेबेन्नुर तालुकको चालगेरी गाउँका नवीनले ४ वर्षदेखि श्रीकान्तसँगै खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा मेडिसिन पढिरहेका थिए। क’र्फ्यु सकिएपछि बिहान ६.३० बजे नवीनले आफ्नो बंकर छाडेको बताइएको छ। सहरमा दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म क’र्फ्यु लगाइएको थियो।

नवीन र श्रीकान्त आफ्ना साथीहरूसँग त्यहाँ बस्छन्। यो बंकर उनको अपार्टमेन्ट तल छ। सुपरमार्केट उनी बस्ने ठाँउबाट करिब ५० मिटर टाढा छ। श्रीकान्तले बीबीसी हिन्दीसँग भनेका छन्, ‘मैले पैसा ट्रान्सफर गरें र पाँचदेखि दस मिनेटमा उनलाई फोन गरेँ तर उनले फोन उठाएनन्।

त्यसपछि मैले उनको स्थानीय नम्बर डायल गरें। उनले अझै फोन उठाएनन्। त्यसपछि कसैले मलाई फोन गर्यो, उठाएँ र युक्रेनी भाषामा कुरा गर्दै थियो, जनु मैले बुझ्नि बुझ्दिनँ।’श्रीकान्तले नजिकैका एक व्यक्तिलाई फोन दिए। कुराकानीपछि ती व्यक्तिले श्रीकान्तलाई भने, तिम्रो साथी र’हेनन्।’

‘मैले पत्याउनै सकिनँ। त्यसपछि म सुपरमार्केट गएँ। त्यहाँ वि,’स्फोटजस्तो कुनै संकेत थिएन’ श्रीकान्तले भनेका छन्। श्रीकान्तले नवीनलाई कतैबाट गो’ली हा’निएको अनुमान गरेका छन्।‘खार्किभमा धेरै व’म वि’स्फोट भइरहेको छ। बं’करमा हामी ९ जना थियौं।

पाँच जना गइसकेका थिए, तर हामीले जो’खिम मोल्न चाहेनौं, यहीँ बस्यौं। हामी बुधबार बिहान जाने योजनामा ​​थियौं’ उनले भनेका छन्। उनका अनुसार नवीन भावुक मनका मानिस थिए। पढाइमा पनि तेज थिए। श्रीकान्तले सुनाएका छन्, यहाँ मेडिकलको तेस्रो वर्षमा उनले ९५ प्रतिशत अंक ल्याएका थिए।’उनले गु’नासो गरेका छन्, हामीलाई अहिलेसम्म भारतीय दूतावासले सम्पर्क गरेको छैन। उनको श’व कहाँ छ हामीलाई थाहा छैन।’ श्रीकान्त कर्नाटकको मैसुरका हुन्।

प्रतिक्रिया दिनुहोस