एमसीसी पास गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै अमेरिकाले दियो गगन थापालाई यति ठूलो उपहार

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । निकै विवाधित बनेको एमसीसीमा कांग्रेस महामन्त्री गगनकुमार थापाले एमसीसीको पक्षमा माहाल बनाएर पास गराएको अमेरिकाको बुझाई छ ।त्यही कारण अमेरिकाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अप्रत्यक्ष रुपमा गगन थापालाई सहयोग गर्न दवाव दिएको छ ।

त्यसका लागि अमेरिकाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा थापालाई अगाडि सार्न दवाव दिएको छ ।नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले आउदो निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जादा नेपाली कांग्रेसलाई राम्रो हुने बताएका छन् ।आउँदो निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बन्ने संम्भावना भएकाले गगनलाई अगाडी सार्नु पर्ने उनको भनाई छ ।

एक टेलिभिजनको अन्तर्वार्तामा उनले भने, ‘गगन थापा नै अवको कांग्रेसको भविश्य हो । यहाँलाई प्रधानमन्त्री उम्मेदवार बनाएर निर्वाचनमा जानपर्छ ।‘अहिले गगन थापा नै भनेर पनि भन्दिन्, नेपाली कांग्रेसमा जुन संस्कार छ, त्यही लागु हुन्छ’ उनले भने, ‘नेपाली कांग्रेको संसदिय दलको नेता प्रधानमन्त्री बन्छ, संसदिय दलको नेता प्रधानमन्त्री बन्ने भइसकेपछि, संसदिय दलको नेता बन्न अघि संसदको टिकट कस्ले धेरै बाड्छ, त्यहाँबाट आउँछ ।’

भोट माग्न जनतामा जाँदा आम मानिसले शेरबहादुर देउवालाई भन्दा गगन थापालाई धेरै भोट दिने भन्दै मेरो विचारमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेरवार बनाउँदा नेपाली कांग्रेसलाई राम्रो हुने बताए ।‘धेरैलाई कसरी काम गर्नु होला भन्ने लागेको थियो तर जुन शैलीमा गगन थापा र शेरबहादुर देउवाले एउटा विश्वसका साथ काम गरिराख्नु भाको छ सबै किसिमले तालमेल मिलिराखेको छ ।’ उनले भने ।

यसमा देउवाले जवाफ नफर्काएको श्रोतको दावि छ । आफै प्रधानमन्त्री उम्मेदवार बन्ने दाउमा रहेका देउवाले अमेरिकाको उक्त प्रस्तावमा सहमति जनाउने सम्मावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस