देश बचाउँन युक्रेनमा सांसदले पनि बोके बन्दुक

काठमाडौं, रुसले युक्रेनमा कारवाही गरेपछि हजारौँ युक्रेनी नागरिकहरू स्वैच्छिक रूपमा यु’द्धमा सहभागी भएका छन्। तीमध्ये कतिपयसँग सैन्य सेवाको अनुभव पनि छैन।अठारदेखि ६० वर्षसम्मको उमेरका युक्रेनी पुरुषलाई देश छोड्न रोक लगाइएको छ। युक्रेनी रक्षा मन्त्रालयका अनुसार किएभ क्षेत्रमा मात्र स्थल प्रतिरक्षा गर्ने सैन्य टोलीका सदस्यहरूलाई २५,००० वटा बन्दुक वितरण गरिएको छ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै नागरिकलाइ ह’ति’या’र उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।यसै क्रममा राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय यु’द्धनायकका रूपमा उदाएका छन्।

उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अ’ति’क्र’मणविरु’द्ध विद्यमान युक्रेनी आ’क्रोश’लाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले ‘न’रसं’हा’र’ म’च्या’एको आरोप लगाएका छन्। उनले युक्रेनलाई ‘नाजीकरण’ बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्।

यी अभिमतहरूले बुद्धिजीवीसहित धेरै आलोचकहरूले नदेखेका एउटा पक्ष बाहिर ल्याएको छ। मत सर्वेक्षणहरूमा सङ्घर्ष गरिरहेका जेलेन्स्की रुसले अ’ति’क्र’म’ण थाल्नु केही घण्टाअघि मात्रै राष्ट्रिय व्यक्तित्वका रूपमा रूपान्तरित भइसकेका थिए।

सामाजिक सञ्जालमा राखिएको एउटा संयमित सम्बोधनमा आंशिक रूपमा रुसी भाषा प्रयोग गरेर बोल्दै उनले आफूले यु’द्ध रोक्न भ्लादिमिर पुटिनसँग फोनमा वार्तालापको प्रयास गरेपनि उत्तर नपाएको बताए।

दुवै देशलाई कुनै प्रकारको यु’द्ध आवश्यकता भएको उनले पृष्ठभूमिमा युक्रेनको नक्सा भएको स्थानमा भनेका थिए। उनले युक्रेनीहरूलाई आ’क्र’म’ण गरिए आफ्नो रक्षा गर्ने बताएका थिए।
“तपाईँले हामीलाई आ’क्र’मण गर्नुभयो भने हाम्रो अनुहार देख्नुहुन्छ हामी पिठिउँ फर्काउनेछैनौँ, सामना गर्नेछौँ।”बीबीसीले ह’ति’या’र वितरण गर्ने एउटा स्थानमा जाने अवसर पाएको थियो।

प्रतिक्रिया दिनुहोस