मान्छेहरु रातभर मेरो भिडियो हेर्छन र दिनभर अस्लील भनेर गाली गर्छन् : पुनम पाण्डेको आक्रोश

भारतमा अस्लीलता फैलाउने भनेर आरोप खेपेकी मोडल पुनम पाण्डेले आक्रोश व्यक्त गरेकी छन् । उनले मान्छेहरु रातभर आफ्नो भिडियो हेर्ने र दिनभर अस्लीलता फैलाएको भनेर गाली गर्छन् भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

अहिले कगंना रनौतको लकअपमा सामेल भएकी पाण्डेले आफ्नै श्रीमान्ले पनि सुहागरातकै दिन कुटपिट गरेको स्मरण गरेकी छन् ।पुनमले अब छिट्टै आफू अमेरीका पलायन हुने पनि जानकारी दिएकी छन् ।६० मिलियन ईम्प्रेसन्स र २ सय मिलिन प्रत्यक महिना भ्युज त्यतिकै नआउने भन्दै उनले दर्शकहरुको आलोचनालाई गाली गरेकी हुन् ।

अमेरीकासँग ६० अर्ब लियौँ, चीनसँग ७० अर्ब मागौँ र भारतसँग ८० अर्ब मागौँ : गगन थापा

फागुण १५ काठमाण्डौँ । काँग्रेस सांसद गगन थापाले एमसीसीको ब्याख्यात्मक घोषणा अमेरीकाले स्वीकार गर्ने बताएका छन् । यो घोषणा नमाने एमसीसी अघि नबढ्ने उनले संसदमा बोल्ने क्रममा बताए ।एमसीसी राष्ट्रघाती नभएको भन्दै नेपालको संविधान भन्दा माथि छ भन्ने कुरा हावादारी भएको पनि थापाले जिकिर गरे ।

उनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुने पनि बताए । बितेका १० वर्षमा सरकारमा गएका दल र नेता सबै एमसीसीमा सम्झौता गर्न संलग्न रहेको उनले बताए।
महामन्त्री थापाले अनुदानकै रूपमा सबै मित्रहरूसँग सकेसम्म नेपाललाई नकारात्मक असर नपर्ने गरेर अनुदान लिँदै आएको बताए।

‘भारतसँग बिप्पा, चीनसँग बीआरआई र अमेरिकासँग एमसीसी यसकै उदाहरण हुन्,’ थापाले अगाडि भनेका छन्।अमेरिकाबाट ६० अर्ब लियौँ। अब चीनमा गएर ७० अर्ब मागौँ। भारतसँग ८० अर्ब मागौँ, उनले भने यहाँ कसैले कसैसँग दोष लगाएर हुँदैन।

 

प्रतिक्रिया दिनुहोस