युक्रेन भन्छ – ‘रुसी आर्मी बलिया छैनन् तर धेरै संख्यामा छन्, युक्रेन छिरेका सबैलाई सिध्याउछौँ’

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् ।उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै विशेष पूर्वयोजना भएकाले अप्रत्यासित सफलता मिलेको उल्लेख गरेका छन् ।

उनले युक्रेनका राष्ट्रपतिले युद्ध नायकका रुपमा देशको नेतृत्व गरिरहेको पनि उल्लेख गरेका छन् । ती सल्लाहकारले युक्रेनले रुसको रणनीति र उसको कारवाहीका कारण गर्ने प्रभावहरुका बारेमा बुझेर अघि बढी रहेको जनाएका छन् ।

युक्रेनको सुरक्षा दस्ता र नागरिकहरुको सहयोग र हौसलाका कारण हालसम्म रुसी कारवाहीको सजिलै सामना गरिरहेको पनि उनले उल्लेख गरेका छन् जसका कारण रुसी युद्ध मेसिनहरुलाई नै पिस्दै आएको सल्लहकार एलेक्सी एरिस्तोविकको भनाइ छ ।

युक्रेनको अध्ययन तथा बुझाइ अनुसार रुसी आर्मी बलियो छैन, मात्रै ठूलो संख्या मात्रै हो। रुसको आक्रमणविरुद्ध युक्रेनले पाइरहेको सफलताप्रति आश्चार्य नमान्न विदेशी सुरक्षा अधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।

रुसले गरेको पूर्ण आकारको आक्रमणको तयारी निकै कम स्रोत र समयमा आफूहरुले गरेको पनि युक्रेनले जनाएको छ ।

सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ८० प्रतिशत सुरक्षा गार्डहरु युक्रेनमा रहेको दावी गर्दै ती सुरक्षा गार्डहरुलाई युक्रेनमै सिध्याउने उनले अठोट गरेका छन् ।

उनले भनेका छन्, ‘पुटिनका ८० प्रतिशत आर्मी (युक्रेन)मा छन् । हामीले उनीहरुलाई यहिँ गाड्ने छौँ।’

रुसले युक्रेनबिरुद्ध १० दिन देखि कारवाही जारी राखेको छ । युक्रेनपनि रुसको कारवाही डटेर सामना गरिरहेको छ । रुसले युक्रेनको प्रमुख सहरहरु लक्षित कारवाही गरिरहेको छ । युद्धमा धेरै जनधनको क्षति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस