आफ्नो घर अगाडी रुखमा रहश्यमय जनावर देखेर मानिस ज्यादै डराए, साँचो कुरा थाहा पाउँदा हाँसो छुट्यो !!

एजेन्सी,पोल्याण्डको क्रोको शहरमा जनावरवाट मानिसको सुरक्षा गर्न पशु कल्याण अधिकारीहरुलाई उक्त स्थानमा तैनाथ गरिएको थियो जहाँ उनिहरुले उक्त जनावरको पहिचान गरेका थिए । उक्त जनावरवाट कसैलाई नोक्सान भएको थिएन ।

उक्त रहश्यमय जिवलाई सवै भन्दा पहिला एक महिलाले देखेकी थिईन । उक्त महिलाले फोन गरि सवैलाई वोलाए पनि त्यहाँ डरको स्थिती पैदा भएको थियो । उक्त रहश्यमय जनावरले मानिसहरु विच भय र आतङ्क मचाई दिएको थियो ।

यस अजिव किसिमको जनावर रुखमा झुण्डिरहेको थियो त्यहाँका मानिसहरु यसलाई देखेर धेरै डराइ रहेका थिए । जव ति मानिसहरुले साँचो कुरा थाहा पाए त उनिहरुको हाँसो छुट्यो र हेत्तेरिका भनि लाजले मुख छोपे । खासमा त्यो रहश्यमय जनावर भनिएको चिज जनावर नभई एक खाने वेकरी आईटम क्रोसन भएको पुष्टि भएको छ ।

जुन रुखमा टाँसिएको देखेर मानिसले जनावर सम्झेका थिए । यसका जानकारी फेसवुकमा दिएका छन् । त्यहाँको एनिमल वेलफेयर सोसाइटीले जव त्यसको जाँच गरे त साँचो कुरा निस्केको थियो । कसैले पंक्षिहरुलाई खुवाउन उक्त क्रोसन त्यहाँ राखेको हुनसक्ने वताएको छ ।

प्रतिक्रिया दिनुहोस