१५ वर्षकी आफ्नै विद्यार्थीलाई जङ्गलामा लगेर घरीघरी बलात्कार गर्ने २७ वर्षका शिक्षक पक्राउ

अर्घाखाँची, जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई घर जनिकैको जंगलमा लगेर पटक-पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लाे समय दैनिकजसाे ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेकाे प्रहरीले जनाएको छ ।

प्रहरीले निकालेको विज्ञप्तिमा पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।पीडितका परिवारले दिएको उजुरीका आधारमा पीडक शिक्षलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस