कलाकार ‘चम्सुरी’ पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं ।कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफल मिर्गौला प्रत्यारोपण भएको छ । आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ । होस आउन भने केही समय लाग्ने उनले बताए । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन्। प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ। हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसाको पाँच वर्षअघि देखि मिर्गौलामा समस्या देखिएको थियो।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस