पक्राउ परेका पलका म्यानेजर कृष्ण जोशीलाई पनि लाग्यो गम्भीर आरोप

काठमाडौं :कर णीको आरोपमा पक्राउ परेका कलाकार पल शाहका व्यवस्थापक कृष्ण जोशी पनि पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जोशीलाई म’तिया’रको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कलाकार शाह अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि बालिका कर णी गरेको आरोप छ । यही प्रकरणमा उनका व्यवस्थापक जोशी म’तिया’रको आ’रोपमा पक्राउ परेका हुन् ।

घटनामा सं’लग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।

नाबालिगको कर णी ग’रेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्यासम्मको ध’म्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि मतियारको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फ’सा’उने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको ह’ ‘त्या समेत योजना बनाएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस