‘म गलत छैन, मेरा शुभचिन्तकहरू हताेत्साहित नहुनुहाेला’ भन्दै हिरासतबाट पलले दिए यस्तो सन्देश

काठमाडौँ,नाबालिग ब’ला’त्का’रको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले न्यायलयको फैसलाको पर्खाइमा रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीकाे नियन्त्रणमा रहेका पलले न्यायलयले न्याय दिलाउने कुरामा ढुक्क रहेको बताएका हुन्।

नाबालिगको ब’ला’त्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। इताजाकर्मी तेजन खड्काको टाेली पललाई भेट्न गैडाकाेट पुगेको थियो। हिरासतबाट बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै पलले सत्य/तथ्य चाँडै नै बाहिर आउने बताए।

पीडित भनिएको पक्ष जसरी भए पनि पल शाह लाई कानुनी दायरामा ल्याउन लागि परेको छ भने पल आफै यो घटना बाट जतिसक्दो प्रभावमा होस् या दबाबमा बाहिर निस्कन चाहन्छन् । दुबैको जोड तोड आफ्नो ठाउँमा छ तर यसको अन्तिम फैसला सम्मानित अदालतले गर्नेछ ।

‘म मेरो शुभचिन्तकहरुलाई कति पनि हतोत्साहित नहुन अनुरोध गर्दछु,’ पलले भने,‘दु:ख त अवश्य लागेको होला तपाईंहरुलाई, मेरो नाममा उजुरी परेपछि प्रशासनलाई अनुसन्धानमा सघाउनु मेरो कर्तब्य हो।’

सत्य कहिले झुटो सावित नहुने भन्दै आफूप्रति जनताले देखाएको माया र स्नेहप्रति उनले आभार प्रकट गरे। उनले फिल्म ‘म यस्तो गित गाउँछु २’ दर्शकसँगै हेर्ने इच्चा रहेको बताए। उनले भने,‘नेपालको कानुनलाई सम्मान गर्छु। आशावादी छु सत्यको नै जीत हुन्छ। म चाँडै फिल्ममा फर्कने छु।’

प्रतिक्रिया दिनुहोस