सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् ।

घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।

याे पनि :-सिन्धुलीमा जन्ति बोकेको टिपर दुर्घटनाः दुई जनाको मृत्यु, २४ जना घाइते

सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस