श्रीमान् श्रीमती फोनमा कुरा गर्दै थिए ५ मिनेटमा यी दम्पतीले किन रोजे पीडादायी मृत्यु ?

काठमाडौं, तीन महिनाअघि छोराको विवाहको खुसीमा पूरै परिवार सहभागी भएको थियो । विवाहको हरेक संस्कार धुमधामका साथ मनाइयो तर तीन महिनामै त्यो घर शोकमा डुबेको छ । जसको विवाहमा परिवारका सबै सदस्यले उत्सव मनाएका थिए, उनी अब यो संसारमा रहेनन् । सँगै बाँच्ने र म’र्ने वाचा गरेका दुवै श्रीमान्–श्रीमतीले तीन महिनामा सँगै म’र्ने रोजे । बिलासपुरका एक सीआरपीएफ जवानले महाराष्ट्रको गडचिरोलीमा आफूलाई गो’ली हा’ने’र देह’त्या’ग गरेका छन्। फोनमा गोलीको आवाज सुनेपछि श्रीमतीले पनि श्रीमानको मृत्यु भएको पाँच मिनेटमै देह’त्या’ग गरिन् ।

घटनाका बेला जवान आफ्नी श्रीमतीसँग फोनमा कुरा गरिरहेको बताइएको छ । यसै क्रममा उनले आफैलाई गोली हानेका थिए । यहाँ गोलीको आवाज सुनेर श्रीमतीले पनि झु’ण्डि’एर देह’त्या’ग गरिन् । घटना जिल्लाको पचपेडी प्रहरी चौकी इलाकाको हो । प्रहरीका अनुसार कुकुर्डिकेरा निवासी चन्द्रभूषण जगत (२५) सीआरपीएफ ११३ बटालियन गडचिरोलीमा हवल्दार पदमा कार्यरत थिए । उनको तीन महिनाअघि सरकण्डा लोधीपाराकी २२ वर्षीया यामिनी जगतसँग विवाह भएको थियो । विवाहपछि दुवै केही दिन सँगै बसे । त्यसपछि चन्द्रभूषण आफ्नो ड्युटीमा गडचिरोली फर्किएका थिए ।

प्रहरी चौकीका इन्चार्ज प्रवीणसिंह राजपुतका अनुसार श्रीमान्–श्रीमतीबीच मृत्युको समय २ देखि ५ मिनेटको अन्तराल हुन्छ । उनले भने कि हामीले गडचिरोलीमा सीआरपीएफका अधिकारीहरूसँग कुरा गरेका छौं। बिहान ८ बजेर ८ मिनेटमा जवानको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । जबकि उनकी श्रीमतीको ८ बजेर १५ मिनेटमा मृत्यु भएको थियो । यस्तो अवस्थामा श्रीमान्–श्रीमती दुवै फोनमा कुरा गरिरहेका थिए र त्यही क्रममा दुवैले देह’त्या’ग गरेको आशंका गरिएको छ । बिहीबार बिहान दुवै फोनमा कुरा गरिरहेका थिए । केहीबेर दुवैको कुराकानी भयो । त्यसपछि चन्द्रभूषण जगतले आफैलाई गो’ली हा’ने । गो’ली ला’गे’र उनको घटनास्थलमै मृत्यु भएको हो । श्रीमानको फोन काटियो । त्यसपछि उनकी श्रीमती यामिनीले पनि घरमा झु’ण्डि’एर देह’त्या’ग गरिन् ।

घटनाको समयमा घरमा कोही नभएको बताइएको छ । जवानका आमाबुवा खेतमा गएका थिए। त्यही बेला उनका भाइ प्रवीण कान्छी बहिनीलाई स्कुल पठाउन गएका थिए । प्रवीण घर फर्किएपछि यामिनी झु’ण्डि’एकी थिइन् । उनले यसबारे अभिभावकलाई जानकारी गराए । दाजुलाई फोन गर्दा कसैले जवाफ दिएनन् । केही समयपछि सीआरपीएफका अधिकारीहरूले प्रवीणलाई आफ्नो भाइको देह’त्या’ग बारे जानकारी दिए। श्रीमान श्रीमतीले किन देह’त्या’ग गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । आफन्तसँग सोधपुछ भइरहेको छ । कल डिटेल्स पनि जाँच भइरहेको छ । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस