धार्मिक सद्‍भाव कायम गरेर होली मनाउन मधेस प्रदेश प्रमुखकाे आग्रह

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले होली सांस्कृतिक रहेकाले यसलाई धार्मिक सद्‍भाव, भाइचाराको हिसाबले बनाउनुपर्ने बताए । ‘हाेलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो,’ उनले भने ।

मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्‍भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन ठूलो भूमिका रहेकोको बताए ।जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।

याे पनि,भैरहवाकाे रेडसन वाटर फनपार्ककाे विशेष छुटका साथ सेवा सुरु
काेराेनाभाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो पटक समुद्रको अनुभूति दिलाउनका लागि विशेष छुटका साथ बालबालिकालाई २५० रुपैयाँ र अन्यका लागि तीन सय रुपैयाँमा मात्र सेवा सुरु गरेको हो ।

बुद्ध जन्मस्थल, संचालनको तरखरमा रहेको गौतमबुद्ध विमानस्थल, भारतीय पर्यटक र स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नााकाको शहर भैरहवा आउने पर्यटकहरूलाई लक्षित गरी पर्यटकीय गनतव्यका लागि रेडसन वाटर फनपार्कको अवधारणा ल्याइएको रेडसन वाटर पार्क तथा बोधी होटलका संचालक प्रमोद यादवले जानकारी दिए ।कोरोनाको चपेटामा परेको वाटर पार्कलाई सुचारु गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रयासमा पार्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस