क्यानडामा जन्मियो अनौठो कुकुर

सामान्यता कुकुर, कालो, सेतो, खैरो वा रातो रंगका हुन्छन् तर क्यानडामा भने एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो । तर ती सबै छाउरा हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीको रौं हरियो रंगको छ । फ्रेया नामक कुकुरले पाएका बच्चाको रौं हरियो पाइएको हो ।

हरियो रंगको कुकुर दुर्लभ मानिन्छ । गर्भमा रहेको समयमा पित्तबाट हरियो रंगको सम्पर्कमा आएको कारणले नयाँ जन्मिएको छाउरो पनि हरियो भएको चिकित्सकको अनुमान छ ।

याे पनि, मौसमी एलर्जी भगाउन बेसारको स्पेसल पेय, यसरी बनाउनुहोस्
मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । यसको उपचारमा बेसारको प्रयोग लाभकारी मानिन्छ ।

बेसारको औषधीय गुणबारे हामी सबैलाई थाहा छ । तर धेरैलाई बेसारको एक पेय पनि बन्छ भन्ने थाहा नहुन सक्छ । बेसारको यो पेयले एसिडिटी, अपच र छातीको जलन, आस्थमा, एग्जिमा र आर्थरायिटिसको समस्यामा विशेष रूपले लाभकारी हुन्छ । यस अलावा चिसो सकिएर गर्मी लाग्दाको यो मौसममा देखा पर्ने एलर्जीको समस्यामा बेसारको स्पेसल पेयले बढी लाभ पाउन सकिन्छ ।

बेसारको यो पेय बनाउन करिब ५० एमएल नरिवल, १० ग्राम बेसार र १० ग्राम अदुवा राखेर पिँधेको पेस्ट पानीमा घोल्नु पर्दछ । अब त्यसलाई छानेर एक चम्चा कागतीको रस, एक चुट्की नुन र स्वादअनुसार मह हालेर पिउँदा माथिका सबै समस्यामा लाभ मिल्दछ ।

प्रतिक्रिया दिनुहोस