रुसी सेनाको हवाई आक्रमणबाट अभिनेत्री ओक्सानाको मृत्यु

काठमाडौं, रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ ।थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

गत २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा सैनिकसँगै सर्वसाधारण पनि निशाना बनिरहेका छन् । युक्रेनीहरूले बढी संख्यामा ज्यान गुमाएका छन् । यसैबीच युक्रेनको अभिनेत्री आक्रमणको सिकार परेकी छिन् । उनको ६७ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनी एक युक्रेनकी प्रसिद्ध अभिनेत्री थिईन् । उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई युक्रेनको सबैभन्दा सर्वश्रेष्ठ अभिनेत्रीको भनेर सम्मान गरिएको थियो । उनले इभान फ्रान्स थिएटर र कीव स्टेट इन्स्च्यिुट अफ थिएटरका आर्ट विषयमा अध्ययन गरेकी थिईन् । यस बाहेक उनले टेर्नोपिल म्युजिक एण्ड ड्रामा थिएटर र किभ थिएटर अफ सटायरमा पनि काम गरेकी थिइन् ।यसअघि युक्रेनको चर्चित फिल्म निर्देशक तथा पत्रकार ब्रेन्ट रेनाउडको पनि निधन भएको थियो ।

याे पनि,अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने
अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुनपर्ने भएको छ । कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै खोपको पूर्ण मात्रा लगाएको र कोभिड १९ संक्रमणका कुनै लक्षण नदेखिएको खण्डमा पीसीआर परीक्षण गराउनुनपर्ने बताएको हो । तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ ।

सरकारले यो निर्णय २३ फागुनमै लागु गरेको थियो । तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन् । मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ। कोरोना महामारी सुरु भएदेखि नै उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण अनिवार्य गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस