केटाबाट धोका पाएपछि यी शिक्षिकाले आफ्नो विवाह आफैंसँग गरिन्

एजेन्सी – संसार विचित्रको छ। अनिम मानिसहरु पनि। कहिलेकाँही मानिसहरुले गर्ने हर्कत पनि विचित्रकै हुन्छ।सामान्यता एक पुरुष र एक महिलाबीच विवाह हुन्छ। बदलिदो समाजमा तेश्रो लिंगी, समलिंगीबीच पनि विवाह हुदैँ आएको छ। विवाहको बदलिदो स्वरुपमा पुरुषले पुरुषसँग, महिलाले महिलासँग मात्र नभई बस्तु, कार, जनावरसम्म विवाह भएको सुन्न देख्न पाइन्छ। तर के कुनै मानिसले आफैसँग आफ्नो विवाह गर्ला ?

एक युवतीले भने विवाह त गरीन् तर बेहुलासँग होइन आफैले आफुसँग विवाह गरीन्। अस्ट्रेलियाकी पैट्रीसिया क्रिस्टीनले आफैसँग आफ्नो विवाह गरेकि छिन्। उनको यो अनौठो विवाहको खबरले सबैलाई चकित तुल्याएको ।

अस्ट्रेलियाको सिडनी निवासी २८ वर्षिया क्रिस्टीनले आफ्नो टिकाटालोपछि तय भएको विवाह टुटेपछि कुनै व्यक्तिसँग नभई केवल एक्लै जीवन बिताउने अठोट गरीन्। पेशाले शिक्षिका रहेकी उनी ८ र्ष अघि तय भएको विवाह टुटेपछि स्वयंसँग विवाह गरेकी हुन्।

उनले विवाहको सबै प्रकृया पुरा गरेकी थिइन्। विवाहको निम्तो कार्ड छापेर बाड्नदेखि बेहुलीको पहिरन, हीराको औठी, भोजको व्यवस्थासम्म उनको विवाहमा थियो। हुनत यो विवाह २०२० को मे मा नै भएको थियो। तर अहिलेसम्म पनि यसको चर्चा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस