प्रकाश सपुतको पिरको वि,वादास्पद दृष्य हटाउन द,वाव र ह,टाए पछी धन्यवाद दिने पञ्चा सिंह को हुन ? (हेर्नुहोस भिडियो)

गायक प्रकाश सपुतले ‘पीर’ गीत सच्याएपछि अखिल (क्रान्तिकारी) ले धन्यवाद दिएको छ । संगठनकी अध्यक्ष पञ्चा सिंहले शनिबार सार्वजनिक सञ्जाल फेशबुक मार्फत गायक सपुतलाई धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्,‘ प्रकाश सपूत जि ले भिडियोको वि,वादास्पद दृष्य हटाउनु भएछ । यो निर्णयको लागि धन्यवाद भन्न चाहन्छु ।

यो वि,वादास्पद दृष्य हटाउन आग्रह गर्दा सामाजिक सञ्जालमा आएका टिप्पणीहरु केही स्वघोषित बौद्धिक भन्नेहरुका विश्लेषणहरु र यो गीतलाई लिएर गर्न खोजिएको राजनीतिकरणको हतारो देखेर मित्रहरूप्रति भने दया लागेको छ।’ उनले अगाडि लेखेकी छन्, ‘यातनाका हरेक दस्तावेजमा हस्ताक्षर गर्न तयार बनियो। तर ग,लतलाई सहि भन्न माओवादी स्कुलले कहिले सिकाएन।

दृष्य ग,लत भएकै कारण निरन्तर वि,रोध थियो । मान्छेबाट गल्ती हुन्छन् । तर, गल्तीको वस्तुनिष्ठ समीक्षासहित गल्ती सच्याउन सक्ने महानता कमै मान्छेमा हुन्छ । त्यो महानता कायम गर्न सफल बन्नु भयो प्रकाश सपूतजि तपाईंले फेरि मन जित्नु भयो तपाईंलाई हार्दिक धन्यवाद छ। तपाईंको अपार सफलताको शुभकामना।’

को हुन् पञ्चा सिंह ? कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा भूमिगत भएकी थिइन् । जतिबेला उनी १४ वर्षकी थिइन् । सुरुका ५/६ महीना कलाकारको टिममा थिइन् । लगत्तै विद्यार्थी संगठनमा आबद्ध भइन् । ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।

१७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी सिंहले ०६५ मा भेरी-कर्णालीको संयोजकको जिम्मेवारी पाएकी थिइन् । त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा थिइन् । २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस