१२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ, आमा खेत जाँदा भिडियाे देखाएर जबरजस्ती !

बझाङ । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गेरको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुलेको हो ।

आमा खेतमा मल लगाउन गएको मौका छोपी किशोरले बलात्कार गरेको र भागेको प्रहरीको भनाइ छ । त्यसपछि आमा खेतबाट आएपछि छोरीले घटनाबारे सुनाएकी थिइन् ।

त्यसपछि छटनाको रहस्य बाहिरियो । घटनाबारे थापा पाएपछि पीडितकी आमाले प्रहरीमा भोलिपल्ट चैत ७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।

आरोप लागेका किशोर र पडित बालिकाको ठेगाना खुलाईएको छैन । जबरजस्ती करणीअन्तर्गत चलाइएको मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह (सेभ हाउस)मा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस