तनहुँमा पललाई धरौटीमा छाड्ने कि कारागार पठाउने बहस जारी रहँदा के भने किशोरीका वकिलले ?

तनहुँ । एक किशोरीले कर णी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीबारे जिल्ला अदालत तनहुँमा थुनछेकको बहस सुरु भएको छ । प्रहरीले अनुसन्धान पुरा गरी सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता गरेपछि थुनछेकको वहस सुरु भएको हो ।

अदालतले बुधवार अभियुक्त लगायतकाको बयान सक्काएर थुनछेक बहस सुरु गरेको हो। बहसको क्रममा बालिकाको तर्फबाट जिल्ला न्यायाधीवक्तासँगै बालिकाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ताहरूले बहस गरेका थिए।

राधिका खतिवडा लगायतका करिब एक दर्जन अधिवक्ताले किशोरीका तर्फवाट वहस गरिरहेका छन् । उनीहरुले बहसका क्रममा प्रमाणले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर कर णी गरेको देखिएको र उनी धरौटीमा छुटेमा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

जोशीले नाबालिगसहितलाई धम्क्याउने र अनुसन्धानलाई प्रभावित पार्न खोजेको र प्रमाणमा छेडखानी गरेको दाबी गर्दै उनीहरूले उनलाई समेत मतियारको रूपमा पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगतर्फबाट उनका बुवाले उजुरी दिएका थिए । त्यसको ५ दिन पछि अभिनेता शाहले प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यसको केही दिन पछि उनका म्यानेजर जोशी पनि पक्राउ परेका हुन् । प्रहरीले जोशीलाई मतियारका रुपमा प्रस्तुत गरेको छ । मङ्गलवार उनीहरुविरुद्ध जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले अभियोग पत्र दर्ता गरेको थियो।

अभियोग पत्रमा रहेको पलको बयानमा बि य र पिएर मध्यरात नाबालिग सुतेको कोठामा गएको तर कर णी नगरेको दाबी गरिएको छ। जोशीले धम्क्याएको स्वीकार गरे पनि त्यो जिस्किएको दाबी गरेका छन्। दुबैतर्फको बहस सकिएपछि तारेख, धरौटी वा पूर्पपक्षका लागि थुनामा पठाउने आदेश आउने छ।

प्रतिक्रिया दिनुहोस