महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह छन् ।

लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडाले उनीहरुलाई रंगेहात पक्राउ गरेको हाे ।पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान म्पुलसहित १०५ थान एम्पुल बरामद गरेको छ ।

न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा
न्यूरोडको रञ्जना सिनेमा हल आज शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएकाे छ । बन्द भएको वर्षाैंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।

१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।

विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए । २०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियने । कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस