कारागार चलान गरिएका पल शाहका लागि यो हुन् सक्छ अन्तिम मौका

काठमाडौं :नाबालिकामाथि कर णी अभियोग खेपिरहेका अभिनेता पल शाह कारागार चलान भएका छन्। फागुन १५ देखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने बिहीबार (चैत १०)को आदेशपछि कारागार चलान भएका हुन्। अब मुद्दाको टुंगो नलागेसम्म सामान्य अवस्थामा उनी कारागारमै रहनेछन्।

कानुन व्यवसायीका अनुसार मुद्दाको टुंगो लाग्न कम्तिमा ६ महिला लाग्न सक्छ। यस हिसाबले शाह अब ६ महिना कारागारमा रहनेछन्। तर शाहले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन्। उच्च अदालतले जिल्ला अदालतको फैसलालाई बदर गरे उनी धरौटीमा रिहा हुन सक्नेछन्।

मुद्दामा अब साक्षी झिएकार वकपत्र तयार गरिनेछ। त्यसपछि मुद्दा नियमित सुनुवाइको चरणमा जानेछ। अनुसन्धानमा भएका प्रमाणलाई अदालतले परीक्षण गरेर फैसला गर्नेछ। सुनुवाइमै ६ महिनादेखि वर्ष दिनसम्म लाग्ने बताउँछन् जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख रामचन्द्र शर्मा। उनका अनुसार मुद्दा टुंगिन कम्तिमा ६ महिना लाग्छ भने ढिलोमा दुई वर्षसम्म जान सक्छ।

शर्मा तीन वर्षभन्दा बढी कैद सजायको अभियोग भएको र पीडित नाबालिक भएकाले शाहलाई थुनामा पठाउने आदेश भएको बताउँछन्। यसका अलावा जाहेरी व्यहोरा, घटनास्थल मुचुल्का, पीडितको स्वाथ्य परीक्षण रिपोर्ट, प्रतिवादीहरुको बयान, पीडितले अदालतमा अनुसन्धानमा गरेको कागज प्रमाण व्यहोराको आधारमा थुनामा पठाउने आदेश भएको हो। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस