जब नेटोको बैठकमा जेलेन्स्कीले भावुक हुँदै भने, ‘हामी जिउँदो रहन चाहन्छौं’ थामिएन कसैको आखा बाट आशु (भिडियो सहित)

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको एक महिना लामो यु,द्धलाई विना,शको कालो महिना र बहादुरीका रुपमा सुरक्षाको महिना भनेका छन् । नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले उनी युक्रेन पश्चिम र रुस बीचको ग्रे जोनमा अड्किएको मान्ने बताएका छन् । उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्यहरूको रक्षा गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मूल्य चुकाएको पनि जानकारी दिए । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्वस्त भए र करिब एक करोड मानिसहरू विस्थापित भएको जनाए । जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । युक्रेनसँग कुनै श,क्तिशाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उनले रुसले सामूहिक नरसंहारका हतियार प्रयोग गरिरहेको र त्यसको नतिजा पनि प्रष्ट देखिएको दाबी गरे ।

जेलेन्स्कीले भने, ‘हामी एक महिनादेखि असमान यु,द्ध लडिरहेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आह्वान गर्दछु।’ उनले रुसले आफ्ना सबै हति,यार बिना सीमा प्रयोग गरिरहेको बताए । उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको बताए । जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म यु,द्ध लड्न चाहँदैन । हामी श्रीप जिउँदो रहन चाहन्छौं र आफ्ना नागरिक बचाउन चाहन्छौं ।’

उनले आफूले नेटोलाई दोषी नठहराएको जनाए । नेटोले अहिले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फेला पारेको छैन। हामीलाई हति,यार दिनुहोस् नत्र बेच्नुहोस् । तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पाएका छैनौं।’उनले भने, ‘यो जीवन र मृ,त्युको प्रश्न हो ।’ आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले फस्फोरस बम प्रयोग गरेको आ,रोप पनि लगाए । यद्यपी उनले ती ब,महरू कहाँ प्रयोग गरियो भन्ने भने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस