प्रचण्डलाई धुँदाधुँदै वाग्मतीको पानी सकियो तर धुन सकिएन : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई सुर्धान जति प्रयास गरेपनि नसकिएको बताउनुभएको छ । एमाले निकट मुस्लिम संगठन इतेहादको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले प्रचण्डलाई धुँदाधुँदै बाग्मतीको पानी सकिएको बताउनुभयो ।

उहाँले प्रचण्डलाई सपार्न आफूले अनेकौँ प्रयास गरेको दाबी गर्नुभयो। जति गर्दा पनि प्रचण्डलाई सुधार्न नसकेको उहाँको भनाइ थियो । उहाँले वाग्मतीको पानी माओवादीलाई धुँदाधुँदै सकिएको टिप्पणी गर्नुभयो ।ओलीले भन्नुभयाे ‘मिलाउन सकिन्छ कि भनेर प्रचण्डलाई ल्याइयो। धुँदाधुँदै साबुनका डल्लाका डल्ला सकियो। माओवादीलाई पखाल्दा पखाल्दा वाग्मती नै रित्तियो। घरमै ल्याएर पनि पखालियो। माओवादीलाई पनि हामीले निलै स्याल हो कि भनेको। यो अरूलाई भनेको होइन, प्रचण्डलाई भनेको,’ओलीको भनाइ थियो ।

ओलीले नेपाली कांग्रेससँग चुनाव जित्नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने हल्ला गरिरहेको बताउनुभयो । ओलीले भन्नुभयो,‘अघिल्लो सरकारको भण्डाफोर गरेर जाने रे ! कांग्रेससँग अरू त केही छैन,’ उहाँले भन्नुभयो।

ओलीले राजनीतिक दलहरूले के गरे भनेर प्रश्न गर्नेहरूलाई राजाले २ सय ४० वर्षमा के गरे भन्ने प्रतिप्रश्न गर्नुभयो । तीन वर्षमा एमालेले गरेका काम भन्न आफू तयार भएको ओलीले बताउनुभयो। ‘यतिका वर्षसम्म दलहरूले के र्गयो रे ! २ सय ४० वर्षमा राजतन्त्रले के र्गयो ? ३ वर्षमा एमालेले के र्गयो हामी बताइदिन्छौ। दलहरूले त गर्नै पाएनन्। एकातिर राजाको गुट अर्कातिर माओवादीको लुट,’ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस