पार्टीको सकारात्मक पक्षलाई तत्काल सम्प्रेषण गर्नुहोस्ः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।

समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।

याे पनि,स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२ दल दर्ता
स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ राजनीतिक दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार ५ प्रमुख दलबाहेक १२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन,सामाजिक एकता पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल परिवार दल, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, आमुल परिवर्तन मसिहा पार्टी नेपाल दर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस