नायिका प्रियंका कार्कीले फेसबुकविरुद्ध मुद्दा चलाउने

अभिनेत्री प्रियंका कार्कीले फेसबुकविरुद्ध मुद्दा चलाउन तयारी थालेकी छिन् । क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा आफूलाई मुछिएपछि अभिनेत्री प्रियंका कार्कीले त्यसविरुद्ध कानुनी उपचारको तयारी गरेकी छन् । बुधबार बिहान केही प्रहरी अधिकारीसँग यस विषयमा छलफल गरेको उनले बताइन् ।

‘आज पनि ब्युरोमा पुगेरै मैले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेकी छु, प्रियंकाले भनिन्, ‘प्रमाण जुटेपछि म चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा छु ।’क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा मुछिएपछि अभिनेत्री कार्कीले त्यसविरुद्ध कानुनी उपचारको तयारी थालेकी हुन् । बुधबार बिहान केही प्रहरी अधिकारीसँग यस विषयमा छलफल गरेको उनले जानकारी गराइन् ।

ब्युरोमा पुगेरै आफूले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेको उनले जानकारी गराइन् । प्रियंकाले प्रमाण जुटेपछि चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा रहेको पनि स्पष्ट पारिन् ।सिंगापुरमा दर्ता भएको एक वेबसाइटले सुरुमा फेसबुकमा उक्त पोस्ट गरेको जानकारी प्रहरीले प्रियंकालाई दिएको थियो । फेसबुकको एउटा स्पोन्सर्ड पोस्टमा प्रियंकाको तस्विरसहितको ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिंक राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो ।

‘फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिंगापुरको उक्त कम्पनीविरुद्ध मुद्दा हाल्ने भन्नेबारेमा उनी सोच्दैछिन् । अहिले प्रियंकाको कानुनी टोली र प्रहरीसँग छलफल गरिरहेको छु । तपाईंलाई जानकारी गराउ कि नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार गैर कानुनी छ ।

प्रतिक्रिया दिनुहोस