पाँच वर्षमात्रै सरकारकाे नेतृत्व पाए देशकाे मुहार फेर्छु – राजेन्द्र लिङदेन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गर्नुभएकाे छ ।

शनिवार काठमाण्डौमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पाँच वर्षमात्रै सरकारकाे नेतृत्व पाए देशकाे मुहार फेर्ने गरी काम गर्ने बताउनु भएको हो ।

उहाँले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाउनु भयो । उहाँले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने बताउनु भयो ।

यस्तै, अध्यक्ष लिङदेनले ३१ वर्षसम्म नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेस, एमाले र माओवादीप्रति दक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताउनु भयो । अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरुले देश नबनाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस