हेर्नुहोस् ! यी ९ वर्षका बालक बिना टिकट विमान चढेर ३ हजार किलोमिटर टाढा पुगे, कसैले थाहै पाएनन् !

काठमाडौं – यही फागुन महिनाको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रौतहटका एक युवक बिना टिकट र बिना कुनै अन्य कागजात नेपाल एयरलाइन्सको कतार जान लागेको जहाजमा चढेर बिजनेस क्लासको सिटमा बसिरहेका थिए ।

उनी यसरी विमानभित्र चढेको पाइएपछि विमानस्थलको सुरक्षामा गल्ती गरेको भन्दै नेपाल एयरलाइन्सका सुरक्षा क’माण्डरलाई निलम्बर गरेर उच्चस्तरीय जाँच समिति गठन गरिएको थियो ।नेपालमा अ’वैध रुपमा विमानभित्र प्रवेश गरेका युवकले यात्र गर्न भने पाएनन् तर त्यसको एक साता नबित्दै ब्राजिलमा भने ९ वर्षका एक बालकले बिना टिकट विमानमा यात्रा गरेर ३ हजार किलोमिटर टाढा पुगेका छन् ।

यी बालकले आफ्ना परिवारलाई कुनै जानकारी नदिइ एक्लै यति लामो यात्रा गरेका थिए । उनी चुपचाप घरबाट निस्किए, विमानस्थल गए र त्यहाँ सुटुक्क एउटा विमानमा चढे । उनी घरबाट हिँडेको उनका परिवारले थाहा पाएनन् र उनी विमानमा अ’वैध तरिकाले चढेको विमानस्थलका र एयरलाइन्सका कर्मचारीले पनि थाहा पाएनन् ।

न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार यी बालकले घरबाट निस्किनुभन्दा पहिले गुगलमा ‘कसैको नजरमा नपरीकन विमानमा कसरी बस्ने ?’ भनेर खोजी पनि गरेका थिए । यी बालकको नाम इमानुअल मार्क्युज डि ओलिभेरा हो जो ब्राजिलको मानाउस सहरमा मातापिताको साथमा बस्छन् ।

रिपोर्टका अनुसार गत हप्ता इमानुएलका मातापिता बिहान उठ्दा उनी आफ्नो कोठामा थिएनन् । उनकी आमाका अनुसार बिहान साढे ५ बजेतिर उनले छोरालाई सुतिरहेको देखेकी थिइन् तर त्यसको २ घण्टापछि हेर्दा उनी कोठामा थिएनन् ।उनीहरुले आत्तिएर छोरालाई खोज्न थाले ।

दिनभर खोज्दा नभेटिएपछि अन्ततः पुलिसमा खबर गरियो । उता इमानुएल भने बिहानै घरबाट निस्केर नजिकैको विमानस्थल गएका थिए । त्यहाँ उनी सबैको नजरबाट जोगिएर त्यहाँबाट करिब ३ हजार किलोमिटर टाढाको गुआरुलहोस सहर जाने बिमानभित्र गएर बसे ।

केही बेरमा विमान उड्यो र उनी ३ हजार किलोमिटर टाढाको सहरमा पुगे । उनले गुगलमा विमानमा बिना टिकट यात्रा गर्ने विषयमा सर्च गरेको भए पनि उनले कसरी सुरक्षालाई झुक्याएर भित्र पुगे भन्ने जाँच भइरहेको छ ।रिपोर्टका अनुसार इमानुएलको परिवारले २६ फेब्रुअरीमा उनी हराएको पुलिसमा रिपोर्ट गरेका थिए ।

यही बीचमा जब इमानुएल गुआरुलहोस पुगे त्यहाँको स्थानीय पुलिसले उनलाई फेला पारेपछि उनलाई पुनः मानाउस पुर्याइदिएको छ । मानाउस विमानस्थलले यी बालक बिना टिकट र बिना कुनै अन्य दस्तावेज विमानमा कसरी बसे भन्ने विषयमा जाँच गरिरहेको छ । जाँचमा बालकमात्र नभइ उनका परिवारका कुनै पनि सदस्यको कुनै आ’पराधिक इतिहास भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस