विमानस्थलमा ओलीसँग राजेश हमालको जम्काभेट, के भयो कुराकानी ?

काठमाडौं । चुनाव नजिकिँदै जाँदा पार्टी प्रवेश अभियान चलाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कलाकारहरूतिर पनि नजर दौडाइरहेका छन् ।

हालै अभिनेत्री करिश्मा मानन्धरलाई पार्टीमा भित्र्याएका उनी आज अभिनेता राजेश हमालसँग बातचित गरिरहेका देखिए । तर, यो भेट योजनाबद्ध नभएर आकस्मिक थियो ।

त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा ओलीसहितको एमाले टोलीसँग हमालको छोटो भेट भएको हो । ओली आफ्नो दलबलसहित कपिलवस्तु जाँदै थिए । उनीसँग अभिनेत्री करिश्मा पनि थिइन् । सुरुमा करिश्मा र राजेश हमाल भेटेर गफ गर्ने क्रममा नेताहरू पनि मिसिएका थिए । उनीहरूबिच केही बेर ख्यालठट्टा चलेको थियो ।

स्रोतका अनुसार ओलीले सुरुमा हमाललाई ‘एक्लै कता जाँदै हुनुहुन्छ ?’ भनेर सोधे । जवाफमा हमालले भने, ‘फलानो ठाउँ जाँदै छु । के गर्नु उहाँलाई (करिश्मालाई देखाउँदै) तपाईँले लगिहाल्नु भो ।’

ओलीले जवाफ दिए, ‘(तपाईँहरूका लागि) बाटो खोलिदिएको हो ।’हमालले एमालेका शुभचिन्तकहरू सबै क्षेत्रमा रहनुपर्ने बताउँदै आफू कलाकारितामै ठिक रहेको संकेत गरे ।

प्रतिक्रिया दिनुहोस