पहिलोपटक भारतीय दादागिरीविरुद्ध एक्सनमै उत्रियो नेपाल, दिल्ली नै हल्लिनेगरी चाल्यो कडा कदम !

काठमाडौं – पहिलोपटक भारतीय दादागिरीविरुद्ध नेपाल एक्सनमै उत्रिएको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेपछि भारत तरंगित बनेको हो ।

अनुमति बिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समन्वय बिना नेपाल ल्याएकाले चाबी थुतेको बताए । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो। त्यसैले हामीले चाबी थुतेका हौं,’ उनले भने। उनले नेपालतर्फको बाटो प्रयोग गर्न लिखितरुपमा जानकारी लिनुपर्ने बताए ।

भारतले महाकाली नदीको बहाब नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । ‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभाबीरुपमा तटबन्ध निर्माण गरिरहेको छ। चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेटर चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन्,’ उनले थपे ।

एक साताअघि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस