यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे !

काठमाडौं : घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋ-ण तिर्न पाँचथरको तुम्बेवा-२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए ।

श्रीमतीलाई पैसा लिन पठाए-मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् । मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ फेरि गइन् तर पाइनन् ।

नपाएपछि उनी रिसाइन् र भनिन्, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ? खत्रीले जवाफ दिए, पैसा लिन जान पाएको छैन । र, लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि- ‘सयकडा दुईले ऋ-ण चलाएको छु ।’यसको केही दिनमै उनी मनि ट्रान्सफरमा देखिन छाडे ।

हालसम्म उनी कहाँ छन् भन्ने पत्तो छैन । उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए ।

तर, उनीहरूले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् ।यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठ-गिएका छन् ।

उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीवि-रुद्ध ठ’गी मुद्दामा कि’टानी जा’हेरी दिएकी छिन् तर महाशाखाले निय’न्त्रणमा लिन सकेका छैनन् । महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस