विद्यालय जादै गरेका २ बालिकालाई टिपरले ठ क्कर दिंदा मृत्यु, टिपर ब्याक गरेर किचेको आरोप

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठ’क्क’रबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठ’क्क’र दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ।

यो पनि,लागूऔषधसहित एक युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दूधपोखरी गाउँपालिका- ५ का २३ वर्षीय विधान गुरुङलाई पक्राउ गरेको हो ।प्रहरीले गुरुङको साथबाट १०-१० थान डाइजेपाम, फेनेरागन र नोफिन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

गुरुङलाई बेसीसहर नगरपालिका-७ सेरा बजारबाट लागूऔषधसहित पक्राउ गरेको हो । गुरुङलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस