अधुरै रहायो दुइ छोरीलाई बिद्यालय पुराउने रोहन घिसिङको सपना, ब्याक गरेर टिपरले कि’च्यो सृष्टि र श्रेयालाई

गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए। बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए।

सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठ’क्कर दिएको थियो।

सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठ’क्कर दिएको थियो। मानन्धरका अनुसार मोटरसाइकल अगाडि बढिरहेको थियो, चालकले टिपरलाई ब्या’क गरिरहेका थिए।

‘ब्याक गरेको टिपरले मोटरसाइकललाई ठ’क्कर दिएको हो, ठ’क्कर दिँदा मोटरसाइकल ल’डेपछि टिपरका पांग्रामा परेर दुबै बालिकाको मृ’त्यु भएको हो,’ मानन्धरले भने, ‘धन्न, बुवालाई चाहिँ चक्काले भेटेनछ।’उक्त टिपर त्यहीँ नजिकै रहेको क्रसर उद्योगको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

टिपरले ठ’क्कर दिँदा घाइते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको परिसरले जनाएको छ। वर्ल्ड युथ इन्टरनेसनल स्कुलका प्रिन्सिपल निराजन सेढाईंका अनुसार बस स्टपसम्म स्कुलको बस जाने गरेको थियो। त्यहाँसम्म बालबालिकालाई अभिभावकले छोड्ने गर्छन्।

‘कहिलेकाहीँ स्कुल बस छुट्यो भने मोटरसाइकलमा उहाँ आफैं लिएर स्कुलसम्म आउनुहुन्थ्यो,’ सेढाईंले भने,‘नानीहरू पनि निकै राम्रा थिए। के गर्नु यस्तो भइहाल्यो।’दुई छात्राको मृ’त्यु भएपछि भोलि शो’कमा विद्यालय बन्द गरिएको छ। वडा ध्यक्ष मानन्धरका अनुसार बाराही मन्दिर भन्दामुनि घिसिङको घर छ।

मन्दिरभन्दा केही टाढा दोबाटोमा बस स्टेन्ड छ। वडाध्यक्ष मानन्धरका अनुसार घटनास्थल घिसिङको घरबाट पुगनपुग एक किलोमिटर छ। ‘घरबाट निस्केको केहीबेरमा टिपरले ठ’क्कर दिएको रहेछ, स्थानीयले टिपरमा आगजनी गरेका छन्,’ मानन्धरले भने, ‘उकालो बाटोमा मोटरसाइकल गइरहेको, ब्याक गरिरहेको टिपरले पछाडि मोटरसाइकललाई ठ’क्कर दिएको देखिन्छ।’

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार घिसिङका दुई छोरी मात्रै थिए। खेती किसान गर्ने घिसिङको परिवारमा श्रीमती र दुई छोरी थिए। ‘अर्को टिपरलाई साइड दिन ब्याक गरिरहेका टिपरका चालकले पछाडि मोटरसाइकल आएको देखे वा देखेनन् उनै जानुन्,’ चालिसेले भने, ‘ए … ए भनेर कराउँदा कराउँदै टिपरले मोटरसाइकललाई ठ’क्कर दिएको रहेछ।’

मोटरसाइकल टिपरसँग ठ’क्कर खाएपछि दुई बालिका हु’त्तिएर टिपरको पांग्रामा परेका थिए। घटनापछि स्थानीयले नजिकै रहेको क्रसरमा गएर अन्य दुई वटा टिपरमा पनि आ’गजनी गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए।घटनापछि टिपर चालक भागेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस